विश्वकप फुटबल २०१८ को ड्र आज सार्वजनिक , ड्र यसरी हुनेछ

काठमाण्डाै,१५ मंसिर । आगामी वर्ष रूसमा हुने फिफा विश्वकप फुटबलको ड्र आज साँझ मस्कोमा सार्वजनिक हुने भएकाे छ ।

नेपाली समय अनुसार साँझ ८ बजे सन् २०१८ को जुन १४ देखि जुलाई १८ सम्म हुने २१ औँ विश्वकपको ड्र सार्वजनिक हुने भएकाे हाे । यो पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेन ।

यस्तै यो पटक चार पटकको इटाली विश्वकपमा देखिने छैन भने युरोपबाट नेदरल्याण्ड, वेल्स जस्ता राष्ट्र समेत विश्वकप बाहिरै रहे ।विश्वकपमा सहभागि हुने ३२ राष्ट्रको टुङ्गो यसअघि लागिसकेको छ ।

विश्वकपमा छानिएका टिमलाई ८ समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा ४–४ टिम हुनेछन्। छानिएका ३२ टिमलाई चार पोटमा विभाजन गरिनेछ । प्रत्येक समूहमा चार पोटका १–१ टिम पर्नेछन्।

समूह विभाजन गत अक्टोबरको फिफा वरीयताका आधारमा गरिनेछ । शीर्ष वरीयताका टिम पोट १ मा परेका छन् । अन्य पोटमा पनि वरीयताका आधारमा टिमलाई राखिएको छ ।

पोट विभाजन: 

यी हुन् विश्वकपमा छनोट भएका राष्ट्रः

युरोपः रुस, जर्मनी, इंगल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम,पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन

एसियाः जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया

दक्षिण अमेरिकाः ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया, पेरु

अफ्रिकाः इजिप्ट,नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया

उत्तर अमेरिकाः मेक्सिको, कोस्टारिका, पनामा