यी हुन् जाडोसँग लड्ने शक्तिबर्द्धक १० खानेकुरा

जाडो मौसममा तापक्रम घट्दै जाँदा बिरामी र स्वास्थ्य सम्बन्धी समस्या बढ्दै जान्छ । चिसोको कारणले आउन सक्ने समस्याहरूमध्ये रुघाखोकी मुख्य समस्या हो । जाडोमा देखिने विभिन्न समस्याका समाधान घरको भान्छाकोठामा पाइन्छ । जाडोसँग लड्ने शक्तिबर्द्धक १० वटा खानेकुराको बारेमा हामी यहाँ चर्चा गर्छौं ।

१. रातो भेंडे खुर्सानी: रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भिटामिन ‘सी’ आवश्यक हुन्छ । धेरैलार्इ थाहा नहुन सक्छ एउटा कागतीमा भन्दा दोब्बर मात्रामा भिटामिन सी एउटा रातो भेंडे खुर्सानीमा पाइन्छ भनेर । एक दिनमा विभिन्न पाँचथरिका फलफूल एवं तरकारी खाँदा २०० मिलिग्रामभन्दा बढी भिटामिन सी पाइने कुरा पोषण विशेषज्ञहरू बताउँछन् ।

२. सुप / सौंप: लगभग २० प्रतिशत भिटमिन सी पाइने सुपको साग खानाले कुनै पनि इनफेक्सनका कारणले हुने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । यसको सेवनले सेतो रक्तकोषको निर्माण गर्दछ जसले ब्याक्टेरिया तथा भाइरसलार्इ मार्नुका साथै काम गर्ने क्षमता बढाउँछ र चिसोले समाउने संभावनालार्इ पनि घटाउँछ ।

३. दही: दहीमा पाइने स्वस्थकर ब्याक्टेरियाले पाचनप्रणालीमा सहयोग गर्छ । मानिसको रोग प्रतिरोधात्मक क्षमताको ६०  प्रतिशत पेटमा निर्भर रहन्छ । त्यसैले दही खाने गर्नाले रोगको संक्रमणबाट बच्न मद्दत गर्दछ ।

४. हरियो चिया: पेट घटाउन मात्र हैन, स्वस्थ शरीरलार्इ आवश्यक पर्ने एंटिअक्सिडेन्टस् पाइने हुनाले ग्रीन टि जाडो यामको लागि उपयोगी पेय पदार्थ हो ।

५. सखरखण्ड: एंटिअक्सिडेन्टस् र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइने कारण कोषको कार्यसंचालनमा सखरखण्डले सुधार ल्याउँछ ।

६. लसुन: खानालार्इ स्वादिलो बनाउन मसलाको रुपमा धेरैले लसुनको प्रयोग गरिरहेका हुन्छन् । तर एक पोटी लसुनको सेवनले रुघाखोकीसँग लड्न सहयोग गर्छ भन्ने कतिपयलार्इ थाहा नहुन सक्छ । यसमा क्याल्सियम, पोटासियम, सल्फ्युरिक कम्पाउन्ड हुन्छ जसले अनावश्यक ब्याक्टेरियाबाट बचाउँछ ।

७. बेसार: तरकारीलार्इ स्वादिलो बनाउनुका साथै बेसारले घाउचोट वा इनफेक्सनबाट बचाउँछ ।

८. सालमोन माछा: माछामा प्रशस्त प्रोटिन पाइनुका साथै ओमेगा-३ फ्याटी एसिड जस्ता अत्यावश्यक पोषणतत्व पाइन्छ जसले रक्त कोषहरूलार्इ सक्रिय पारी बिरामी हुनबाट रोक्दछ ।

९. सिपी: समुन्द्रमा पाइने सिपीमा भिटामिन सी, भिटामिन र्इ तथा अत्याधिक मात्रामा एंटिअक्सिडेन्टस् पाइन्छ जसले शरीरको कोषहरूलार्इ स्वस्थ राख्न मद्दत गर्दछ ।

१०. बन्दागोभी: थोरै क्यालोरीको बन्दागोभीको उपयोगले पनि धेरैभन्दा धेरै पोषण तत्व प्रदान गर्दछ जसले शरीरका कोषहरूलार्इ मर्नबाट बचाउँछ । नियमित बन्दागोभीको सेवनले जाडोका कारण हुनसक्ने अनेकौं समस्याहरूलार्इ टाढै राख्दछ ।