महाअभियोगको प्रक्रिया अघि नबढाउन सर्वाेच्च अदालतको अन्तरिम आदेश

काठमाण्डौ, २२ वैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले कार्कीलाई यथावत् रूपमा प्रधानन्यायाधीशकाे पदमा काम गर्न समेत निर्देश गरेको छ । इजलासले महाअभियोग संविधानको मर्म र भावनाअनुसार नआएको बताउँदै उक्त आदेश दिएको हो ।

सुविधा सन्तुलनका आधारमा रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।