उत्तर कोरियासँगकाे कुटनीतिक सम्बन्ध तोड्न सबै देशलार्इ अमेरिकाको अाग्रह

काठमाण्डौ, १४ मंसिर । उत्तर काेरियाले बुधबार शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न “सबै मुलुकसँग” आग्रह गरेको छ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्‌मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले राष्ट्रपति ट्रम्पले उनका चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न अनुरोध गरेको बताइन्।

अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया “पूर्ण रुपले ध्वस्त” हुने हेलीले बताइन् । दुई महिनापछि प्योङयाङले फेरि क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकी  चेतावनी आएको हो।

उत्तर कोरियाले  परिक्षण गरेको उक्त क्षेप्यास्त्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रभन्दा १० गुणा  उचाइमा पुगेको र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्न सक्ने क्षमताको भएको बताइएको छ ।