नेइमार र काभानीको जादु , ट्रोयसलाई पराजित गर्दै पिएसजीले लियो १० अंकको अग्रता

पेरिस,१४ मंसिर । फ्रेन्च लिग वान फुटबलको लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले १० अंकको अग्रता लिएको छ ।

पिएसजीले १५ औं चरणको खेलमा ट्रोयसलाई २–० गोलले पराजित गरेको हो । जितसँगै पिएसजले दोस्रो स्थानको मार्सेलीसँग १० अंकको अग्रता लिएको छ ।

पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको पिएसजीले दोस्रो हाफमा गोल गर्‍यो । पिएसजीका लागि विश्व कीर्तिमानी मूल्यमा यहि सिजन आएका नेइमार र एडिसन काभानीले खेलको ७३औं मिनेटमा गोल गरे ।

उनले २५ यार्ड टाढाबाट दर्शनिय गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा काभानीले पिएसजीको अग्रता दोब्बर पारेक थिए । नेइमारले उपलब्ध गराएको पासमा काभानीले गोल गरेका थिए।

पिएसले १५ खेलबाट ४१ अंक जोडेको छ भने दोस्रो स्थानको मार्सेलीको ३१ अंक छ । तेस्रो स्थानको लियोन र चौथो स्थानको मोनाकोको समान २९–२९ अंक छ । मोनाकोलाई हराचएको नान्टेस पाँचौं स्थानमा छ र उसको २६ अंक रहेको छ ।