यस्ता छन् बासी रोटीका ४ फाइदा, जानी राखौं

के तपाइँलार्इ थाहा छ बासी रोटी कैयौं रोग निदानको लागि औषधीको काम गर्दछ भनेर ? बासी रोटीको यति धेरै फाइदाहरूबारे थाहा पाउनुभएपछि तपाइँ आजैबाट बासी रोटी जनावरलार्इ दिन वा फोहोरको रुपमा फाल्न छोडेर आफैं खान थाल्नुहुनेछ ।

कुनकुन रोग वा समस्याका लागि उपयोगी ?

 

उच्च रक्तचाप

यदि तपाइँ उच्च रक्तचाप वा ब्लडप्रेसरबाट पीडित हुनुहुन्छ भने बासी रोटी खानु धेरै फाइदादायक हुन्छ । यसका लागि बिहान सबेरै चिसो दुधसँग बासी रोटी खानुपर्ने हुन्छ । यसो गर्नाले बढेको रक्तचाप सन्तुलनमा ल्याउन सहयोग गर्छ ।


ग्यास्ट्रिक

लामो समयसम्म भोको बस्नाले कहिलेकाहीं पेटमा ग्याँस वा एसिडिटी बढ्न गर्इ समस्या झेल्नुपर्ने हुन्छ । त्यही एसिडिटीकै कारण तनाव एवं सुगर जस्ता रोगको सामना गर्नुपर्ने अवस्था पनि आउँछ । त्यसैले यदि तपाइँ बिहान बासी रोटी दुधसँग खाने गर्नुहुन्छ भने ग्यास्ट्रिकको समस्या त हट्छ नै, साथसाथै सुगर पनि नियन्त्रण गर्दछ ।

 

तनाव

यदि तपाइँको पेट खराब भइरहन्छ भने तपाइँ प्राय तनावबाट पीडित हुनुहुन्छ । दुध र बासी रोटीको सेवनले तनाव घटाउनुका साथै पेटसँग सम्बन्धित हरेक किसिमका समस्या ठिक गर्न मद्दत गर्दछ ।

सुगर

जुन व्यक्ति बिहान दुधसँग बासी रोटी खाएर काममा निस्कन्छ, उसको रगतमा सुगरको मात्रा नियन्त्रणमा रहन्छ ।