October 22, 2017

सदनमा बाेल्न नदिएकाे भन्दै एमालेद्वारा सभामुख घर्तीकाे अालोचना

काठमाण्डौ, २२ वैशाख । नेकपा एमालेका नेताहरुले प्रतिपक्षी सदनमा सांसदहरुलाई बोल्ने अवसर नदिएको भन्दै सभामुख ओनसरी घर्ती मगरको आलोचना गरेका छन् ।

व्यवस्थापिका संसदको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिपक्षीलाई बोल्न नदिइएको बारे सभामुखसँग कुरा राख्ने बताए । उनले विपक्षीहरुले वेल घेर्दा समेत कुनै महत्व नदिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै एमालेका उपाध्यक्ष भीम रावलले सभामुखले संसदीय मूल्य र न्यूनतम शिष्टाचारकाे पालना नगरी अवरोधका बीच महाभियोग प्रस्ताव पेश गर्न दोस्रो बैठकको समय तोकेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीसँग भएको छलफलमा प्रधानन्यायाधीशविरुद्धको प्रस्ताव स्वतन्त्र न्यायपालिका र कानूनी शासनको मर्म विपरीत रहेकोले फिर्ता लिन आग्रह गरिएको रावलले बताए ।