यस्ता छन् जाइफलका अचम्मका फाइदाहरू, यसरी सेवन गर्नुहाेस्

गलत खानपान र तनावपूर्ण जीवनशैलीले मानिसलार्इ छिट्टै थकित महसूस गराउँछ । यदि यही कारणले तपाइँ पनि थकित महसूस गरिरहनु भएकाे छ भने चिन्ता नलिनुहाेस्, जाइफलकाे सेवनले हटाउन मद्दत गर्नेछ तपाइँकाे समस्या ।
जाइफलमा प्रचुर मात्रामा मिनरल, पाेटासियम, क्याल्सियम, अाइरन एवं म्याग्नेसियम पाइन्छ जसले विभिन्न किसिमका राेग र कमजाेरीहरूबाट बचाउन सहयाेग गर्दछ । यसमा पाइने कैयाैं गुणहरूले गर्दा पुरुषका कमजाेरीलार्इ हटाउँछ ।

जाइफल सेवन गर्ने तरिका
– शारीरिक कमजाेरी हटाउन जाइफल घाेटेर दुधमा मिलाएर हप्ताकाे तीनपटक पिउनुहाेस् । यसले सन्तानाेत्पादन क्षमता बढाउनुका साथै शारीरिक कमजाेरी जस्ता समस्या तुरुन्त हटाउँछ । त्यतिमात्र नभएर दुध र जाइफलकाे नियमित सेवनले याैन क्षमता बढाउन  पनि मद्दत गर्दछ ।
– दुध र जाइफलकाे सेवनले राती राम्राे निन्द्रा पनि लाग्छ । निन्द्रा नलाग्ने समस्याले पिडित हुनुहुन्छ भने  जाइफल घाेटेर दुधमा मिलार्इ पिउने गर्नुहाेस् ।
– उमेर बढ्दै जाँदा हाम्राे अनुहारमा चाउरीपन र मुजाहरू देखिन थाल्छन् । तपाइँ पनि अनुहार वा शरीरका कुनै पनि भागमा देखिएका मुजा वा चाउरीपन हटाउन चाहनुहुन्छ भने जाइफल घाेटेर थाेरै मह मिसाएर लगाउनुहाेस्, साे समस्याबाट मुक्ति पाउनुहुन्छ ।