October 23, 2017

महाअभियोगको विरोधमा युवाहरु विरोध प्रदर्शनमा

काठमाण्डौ, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै युवाहरुले शुक्रबार काठमाण्डौको माईतिघरमा विरोध प्रदर्शन गरेका छन् ।

स्वतन्त्र रुपमा सहभागी भएका युवाहरुले प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै प्रर्दशन गरेका हुन् । भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिएका व्यक्तिलाई नै महाअभियोग लगाउनु जायज नभएकाले विरोधमा उत्रिएको उनीहरुको भनाई छ ।

त्यस्तै युवाहरुले न्यायपालिकामाथि नै भएको हस्तक्षेपको कडा रुपमा विरोध समेत गरेका छन् ।