October 20, 2017

अपहरणमा परेका भनिएका नयाँ शक्ति पार्टीका नेता सम्पर्कमा अाए

काठमाण्डौ २२ वैशाख । अपहरणमा परेकाे भनिएका काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ७ बाट वडा अध्यक्षमा उम्मेद्वारी दिएका नयाँ शक्ति पार्टीका नेता मदन गिरी सम्पर्कमा आएका छन् ।

गिरीलाई प्रहरीले ललितपुरको गोदावरीबाट आज बिहान फेलाकाे बताएकाे छ । उनी अपहरणमा परेका हुन वा उनले झुठो बोलेर अाफु सम्पर्कविहिन भएका हुन भन्ने विषयमा प्रहरीले छानवीन गरिरहेकाे बताएकाे छ ।  दुर्इ दिनअघि गिरीले आफू अपहरणमा परेको भन्दै पार्टीका नेता प्रताप दानीलाई एसएमएस पठाएका थिए ।

गिरीले ४ जना युवतीले आफूहरुलाई सोह्रखुट्टेबाट अपहरण गरेर बानेश्वरतर्फ लैजादै गरेको भनेर एसएमएसमा पठाएका थिए । त्यसपछि नयाँ शक्ति पार्टीले समेत विज्ञप्ति निकालेर आफ्ना उम्मेद्वारको अपहरण भएको बताएको थियो।