Breaking News

रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमनको जित

धनगढी वैशाख २२ । कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौले कैलाली जिल्ला क्रिकेट एकेडेमीमाथि जित हासिल गरेको छ ।

अत्तरीयास्थित एपिएफको खेल मैदानमा शुक्रबार बिहान भएको खेलमा राईजिग १७ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको राईजिग क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । उसका लागि बंगलादेशी खेलाडी सहनाज प्रविनले २० र पुजा निमा भाटले १९ रन बनाइन् । त्यस्तै लक्ष्मी चौधरीले पनि २० रन जाेडिन् ।

कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि चाँदनी शाहले २ विकेट लिइन् । सुमन विष्ट, अञ्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिइन् ।

१ सय ३८ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १ सय २० रन मात्रै बनाउन सक्यो । टिमका लागि नितु भण्डारीले सर्वाधिक ३५ रन बनाइन् । मन्जु भण्डारीले २० र कविता कुवँरले १७ रन बनाइन् ।

राईजिग क्रिकेट वुमनका लागि अस्मीता कर्माचार्यले ३ विकेट लिइन् । पुना निराभाटले २ तथा आरती विडारी र कृति सेनले १–१ विकेट हात पारे । खेलमा १९ रन बनाएर १ विकेट लिएकी भारतीय खेलाडी पुजा निभा भाट ‘वुमन अफ द म्याच’ भईन । उनले नगद ३ हजार हात पारिन् ।

shares