महिला विश्व टी–२० क्रिकेट : नेपालद्वारा चीन ५० रनले पराजित

काठमाण्डौ,१० मंसिर । आइसिसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेकाे छ ।

 चीनलाई ५० रनको फराकिलो अन्तरले पराजित गरे पनि नेपाल आइसिसी टी–२० महिला विश्वकप छनोटबाट बाहिरिएको छ ।  युएईले ३४ रनले मलेसियालाई पराजित गरेपछि नेपालको विश्वकप छनोटका सम्भावना सकमिएकाे हाे ।

एसोसिएट राष्ट्रमध्ये एसियाली क्षेत्रबाट दुई राष्ट्र विश्वकप छनोटमा सहभागी हुन पाउने प्रावधान रहे पनि नेपाल तेस्रो स्थानमा सीमित भयो।

नेपालले मलेसिया र चीनलाई पराजित गरे पनि युएईसँग ५ रनको झिनो अन्तरले पराजित भएपछि नेपालको सम्भावना टुंगिएको हो। यसअघि हङकङ र थाइल्यान्डबीचको खेल वर्षाका कारण प्रभावित भएपछि नेपाल अंक बाँड्न बाध्य भएको थियो।

यो क्षेत्रबाट युएई र थाइल्यान्ड छनोट भएका छन्। युएईले ५ खेलबाट ८ अंक बटुल्यो। आइतबार युएई र मलेसियाबीचको खेलमा मलेसिया विजयी भएको भए नेपालको छनोट हुने सम्भावना थियो।