October 20, 2017

एमालेका सांसदद्वारा चर्को नाराबाजीबीच महाभियोग प्रस्ताव संसदमा टेबल

काठमाण्डौ २२ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाभियोग प्रस्ताव संसद्‍मा टेबल भएको छ ।
नेकपा–एमालेसहित विपक्षीहरुले सुरुमा उठेर र त्यसपछि नाराबाजीसहित वेल घेराउ गर्दागर्दै करिव २ मिनेट समयको बैठकमा सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्ताव संसद्‍मा टेबल भएको घोषणा गरेकी छन ।

त्यसलगत्तै उनले महाभियोग प्रस्तावमा छलफलका लागि आजै दिउँसो अर्को बैठकको समय तोकेर बैठक स्थगित गरिन । सभामुखले प्रस्ताव टेबल भएको जानकारी दिइरहँदा पूर्व सभामुख सुवास नेम्वाङ, वामदेव गौतमसहितका एमाले सांसदहरु नाराबाजीका साथ वेल घेराउ गर्न गएका थिए ।

प्रस्ताव संसदको बैठकमा टेबल गर्ने विषयमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच दुरी बढेपछि बिहीबारको संसद बैठक सूचना टाँस गरेर स्थगित  गरिएको छ। संविधान महाभियोग दर्ता भएपछि सात दिन भित्र संसदमा सभामुखले छलफलको मिति तोक्नुपर्ने प्रावधान छ। संसदको कार्यसूचीमा संविधान संशोधनको विषय हटेको छ भने महाभियोगको विषयले स्थान पाएको छ।