यसरी चम्काउनुहोस् दाँत ५ मिनेटमै

खानपानको गलत तरिकाले गर्दा हाम्रो दाँत कम उमेरमै पहेंलो देखिन्छ । खानाकै कारण दाँतको बाहिरी तहमा असर पर्न गर्इ चमकमा कमी आउन थाल्छ । दाँतको पहेंलोपन हटार्इ तुरुन्त चम्काउने सबैभन्दा सजिलो र उपयोगी तरिका हामी तपाइँलार्इ यहाँ जानकारी गराउँदैछौं ।

यसरी चम्काउनुहोस् दाँत

– हातमा स्याउको एक टुक्रा लिएर दाँतमा बिस्तारै दल्नुहोस् । यसले दाँतमा चमक ल्याउँछ । स्याउमा पाइने म्यालिक एसिडले पहेंलोपन हटाउन सहयोग गर्दछ ।

– स्याउको अलावा दिनहुँ बदाम वा ओखर खाने गर्नुहोस् जसले दाँतमा जम्ने फोहोर हटाउँछ ।

– स्याउ, नाशपाती तथा गाजरलार्इ आफ्नो डाइटमा समावेश गर्नुहोस् । यी फलफूलले मुखमा बढी थुक उत्पादन गर्न सहयोग गर्दछ । थुकले दाँतलार्इ सफा राख्न        सहयोग गर्नुका साथै चम्काउन पनि मद्दत गर्छ ।

– समय-समयमा दाँतको परीक्षण गराइरहनुहोस् ता कि दाँतमा देखिएका समस्याको पहिचान बेलैमा गरी उपचार गर्न र सजग रहन सकौं ।

– चिया र कफी नखानुहोस् । यसमा  पाइने क्याफिन नामक तत्वले दाँतमा पहेंलोपन बढाउँछ ।

सुर्ती वा गुट्खा सेवन नगर्नुहोस् ।