संसारको सबैभन्दा धेरै कमाइ गर्ने उत्कृष्ट १० मोडलहरू : कसको कमाइ कति ?

न्यूयोर्क, ८ मंसिर । अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स पत्रिकाले यस वर्ष संसारको सबैभन्दा धेरै कमाइ गर्ने उत्कृष्ट १० मोडेलहरूको सूची प्रकाशन गरेको छ ।

सूचीमा अमेरिकाकी २२ वर्षीय मोडल तथा टिभी सेलिब्रिटी केंडल जेनर पहिलो नम्बरमा छिन् । यस वर्षको उनको सरदर कमाइ १४२.८० करोड भारु. आंकलन गरिएको छ ।

उनले विगत १५ वर्षदेखि निरन्तर सूचीको शीर्षस्थानमा रहिआएकी ३७ वर्षीय मोडल जिसेल बंडचेनलार्इ पछारेकी हुन् । सूचीमा जिसेलको यस वर्षको कमाइ ११३.५० करोड मात्र देखाइएको छ ।

गएको एक वर्षमा एडिडास, ला पर्ला जस्ता अन्तर्राष्ट्रिय ब्रान्डको सहयोगले केंडलको कमाइ ७८ करोडले बढेको हो । तर फोर्ब्सको अनुसार उनले सबैभन्दा बढी फाइदा आफ्नो इंस्टाग्राम अकाउन्टबाट गरेकी छिन् ।

उनलार्इ ८.५० करोड़ फलोअर्स भएको कारण इंस्टाग्राममा धेरै विज्ञापन मिल्ने गरेको पनि बताइएको छ। उनले एक इंस्टा पोष्टबाट २.५ करोड कमाउँछिन् ।

फोर्ब्समा पहिलो पटक प्लस साइजको मोडलले पनि ठाउँ ओगटेकी छिन् । सरदर वार्षिक ३५.०२ करोड कमाउने अमेरिकी प्लस साइज मोडल एश्ले ग्राहम सूचीको दशौं नम्बरमा परेकी छिन् ।

संसारमा सबैभन्दा धेरै कमाइ गर्ने टप-१० मोडलहरू

मोडल कमाइ (भारु.)
केंडल जेनर १४२.८० करोड़
जिसेल बंडचेन ११३.५० करोड़
क्रिसी टिगन ८७.९३ करोड़
एड्रियाना लिमा ६८.१५ करोड़
गिगी हदिद ६१.६६ करोड़
रोजी हन्टिंगटन ६१.६६ करोड़
कार्लि क्लस ५८.४२ करोड़
ल्यू वेन ४२.१९ करोड़
बेला हदिद ३८.९४ करोड़
एश्ले ग्राहम ३५.०२ करोड़

-एजेन्सी