‘पद्मावती’ को विवादबीच दिपिकाले गराइन् स्वीमसुटमा बोल्ड फोटोशूट (फोटोसहित)

मुम्बर्इ, ७ मंसिर । दिपिका पादुकोण यतिबेला आफ्नो अपकमिंग फिल्म ‘पद्मावती’ को विवादलार्इ लिएर तनाव झेलिरहेकी भए पनि यसैबीच उनले बोल्ड फोटोशूट गराएकी छिन् ।

फोटोशूट गराउँदा दिपिका स्विमसुट एवं स्टाइलिस कपडामा हदैसम्मको हट देखिएकी छिन् ।

दिपिकाले उक्त फोटोशूट फिल्मफेयर म्यागाजिनको अर्को अङ्कको कभरको लागि श्रीलंकामा गराएकी हुन् ।

ती फोटोहरूमा कहिले समुन्द्र किनारमा त कहिले स्वीमिंग पुलमा सुन्दर शरीर प्रदर्शन गर्दै देखिन्छन् ।

फोटोशूट फोटोग्राफर एरिकोस एंड्रयूले गरेका हुन् भने दिपिकाको सजावटमा शलिना नैथानेले भूमिका छ ।

-एजेन्सीको सहयोगमा