October 19, 2017

उत्तर प्रदेशमा ५ रुपैंयाँमा नै भरपेट खान पाइने

काठमाण्डौ, २१ वैशाख । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको सरकारले सरकारमा चुनिए लगत्तै प्रदेशका जनताहरुलाई सस्तोमा भोजन उपलब्ध गराउने बताएका थिए ।

उनले के भनेका थिए भने ५ रुपैंयाँमा नै सबैलाई खाना मिल्नेछ । ताकि कोही पनि भोकै रहन नपरोस् । यो योजनालाई आज आधिकारिक रुपमा घोषणा गरिएको हो । अब उत्तर प्रदेशका जनताले चाँडै नै ५ रुपैंयाँमा ‘अन्नपूर्ण भोजनालय’ मा तीन पटक भरपेट खान सक्नेछन् ।

यस्तो छ ‘अन्नपूर्ण भोजनालय’ को मेन्यु–

बिहानको नास्ताः दाल, हलुवा, चिया, पकौडा आदि

दिउँसो वा रातको खानाः चामल, रोटी, दाल र मौसमी तरकारीहरु

बिहानको नास्ताको लागि ३ रुपैंयाँ तिरेर भरपेट खान सकिन्छ भने दिउँसो वा रातिको खानाका लागि ५ रुपैंयाँ तिरेपछि जति चोटि मन लाग्छ त्यति पटक खान सकिन्छ ।