विवाहपछि महिलाहरुकाे शरीर किन बदलिन्छ ? यस्ता छन ८ कारण

प्रायः महिलाहरूमा विवाहपछि धेरै शारीरिक परिवर्तनहरू देखा पर्दछन् । द ओबेसिटी नामक जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार विवाहको ५ वर्षभित्र महिलाको शरीरमा द्रुत गतिमा हर्मोनसँग सम्बन्धित परिवर्नहरू देखापर्दछन् जसका कारण ८२ प्रतिशत महिलाको तौल ५ देखि १० किलोसम्म बढ्न जान्छ ।

उनीहरूको छाती, नितम्ब, पेट तथा खुट्टाको आकार बढ्दछ । अमेरिकन साइकोलजिकल एसोसिएशनको एक अध्ययनले बताए अनुसार उक्त शारीरिक परिवर्तनका कारण आफ्नो श्रीमानसँगको नयाँ सम्बन्धले निम्त्याएको हर्मोनको परिनर्तन नै हो ।

विवाहपछि महिलाको वजन बढ्नु एवं शारीरिक परिवर्तनहरू देखिनुका मुख्य ८ कारणहरू यस्ता छन् :

१. निन्द्रा पुरा नहुनु :

विवाहपछि धेरैजसो महिलाहरूको सुत्ने समय र तरिका बदलिन पुग्छ । व्यवहारिकताका कारण कतिपय अवस्थामा निन्द्रा पुग्ने गरी सुत्न पनि पाउँदैनन् । यदि सुताइ अवधी ७ घण्टाभन्दा कम हुन गयो भने बिस्तारै तौल बढ्न थाल्दछ ।

. हर्मोनको परिवर्तन :

विवाहपछि बदलिंदो लाइफस्टाइलका कारण महिलाको शरीरमा विभिन्न किसिमका हर्मोनसँग सम्बन्धित परिवर्तनहरू देखा पर्दछन् । जसका कारण तौल बढ्न जान्छ ।

. बढ्दो उमेर :

अध्ययनको अनुसार बढ्दो उमेरसँगै महिलाको मेटाबोलिज्म दर कम हुन गर्इ फ्याट बर्निंग प्रोसेस ढिलो हुन जान्छ । परिणामस्वरुप वजन बढ्न शुरु हुन्छ ।

. सामाजिक दवाब कम हुनु :

विवाहअघि आफ्ना आफन्तले सुन्दर देखिनको लागि वजन कम गर्न र फिट रहन दवाब दिइरहन्छन् । जुन विवाहपश्चात् स्वतः हटेर जान्छ । शरीरलार्इ सन्तुलित राख्ने चिन्ता रहँदैन ।

. टिभी धेरै हेर्नु :

बिहे भएपछि महिलाहरू परिवारसँग बसेर गफ गर्ने र टिभी हेर्ने काममा बढी समय दिन थाल्दछन् । जसका कारण शरीर निष्कृय हुन गर्इ मोटाउने क्रम शुरु हुन्छ ।

. तनाव बढ्नु :

विवाह गरेर पतिको घरमा आएपछि नयाँ वातावरणमा घुलमिल हुन समय लाग्ने गर्दछ । यसरी महिलाले तनाव झेल्नु पर्ने बाध्यताको कारण बिस्तारै तौल पनि बढ्दछ ।

. गर्भधारण :

प्रायः विवाहित जोडीहरूले विवाह गरेको एक वा दुर्इ वर्षभित्र पारिवारिक योजना बनाएर सन्तान जन्माउन तयार हुन्छन् । गर्भावस्थाका कारण उत्पन्न विभिन्न किसिमका हर्मोनसम्बद्ध परिवर्तन र डाइटका कारण मोटाउन शुरु हुन्छ ।

. लापरवाही :

विवाहपूर्व महिलाहरू फिटनेसमा खुब ध्यान दिन्छन्, तर विवाहपछि व्यस्तताको कारणले फिटनेसमा खासै समय दिंदैनन् । फलस्वरुप सोही लापरवाहीको कारण उनीहरूको तौल बढ्न गर्इ भद्दा देखिन थाल्दछन् ।