August 24, 2017

जनताको एजेण्डा लिएर अघि बढ्न कार्यकर्तालाई नेता प्रकाशमानको निर्देशन

काठमाण्डौ, २१ वैशाख । नेपाली का‌ंग्रेसका नेता प्रकाशमान सिंहले जनताको एजेण्डा लिएर अघि बढ्न कार्यकतालाई निर्देशन दिएका छन् ।

बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा नेता सिंहले स्थानीय निर्वाचनमा कांग्रेसलाई जीत दिलाउनका लागि जनताको एजेण्डा लिएर अघि बढ्नुपर्ने बताएका हुन् । उनले अहिले व्यवहारिक रुपमा जनताले भोगिरहेका समस्यालाई समाधान गर्नका लागि ध्यान दिनुपर्नेमा जोड दिए । साथै आगामी निर्वाचनमा कांग्रेसको विजयी सुनिश्चित रहेको पनि नेता सिंहले बताए ।

कार्यक्रममा अन्य नेता तथा कार्यकर्ताहरुले चुनावी तामलेमका बिषयमा प्रश्न उठाएका थिए ।