प्रभासको हिरोइनले गरिन् गोप्य विवाह

मुम्बर्इ ५ मंसिर । प्रभास र एक्ट्रेस रिचा गंगोपाध्यायको विवाह हुन लागेको समाचार बाहिर आएको छ ।

सन् २०१३ मा तेलुगु फिल्म ‘मिर्ची’मा काम गरिसकेकी नायिका रिचा गंगोपाध्यायले गोप्य रुपमा अमेरिकामा आफ्नो बचपनको साथीसँग विवाह गरिसकेको पनि मिडिया रिपोर्टसले बताएको छ । उक्त विवाहको कार्यक्रम आफ्ना निकटस्थ आफन्तहरूका बीच गोप्य ढंगले सम्पन्न भएको थियो । तर पनि यसको आधिकारिक पुष्टि भने भइनसकेको बताइएको छ ।

रिचाले आफू अभिनय क्षेत्रमा आउनु एउटा संयोग मात्र भएको र २०१३ मै यस क्षेत्रबाट सन्यास लिएको पनि बताइन् ।
सन् २०१२ मा फिल्म ‘मयक्कम एना’को सुटिंगको क्रममा तमिल एक्टर सुन्दर रामुले उनलार्इ ह्यारेसमेन्ट गरेको समाचार बाहिर आएको थियो ।

एजेन्सी