मुस्लिमहरु योगसंग किन डराउछन ? यस्तो छ कारण

काठमाण्डौं, ५ मंसिर । कतिपय पश्चिमी तथा मुस्लिम देशहरूले योगलार्इ हिन्दू धर्मसँग जोडेर हेर्ने गरेको पाइन्छ । गहन अर्थमा हेर्ने हो भने योग मानिसको मानसिक एवं शारीरिक तन्दुरुस्तीको लागि गरिने व्यायाम नै हो ।

तर, योगको बढ्दो लोकप्रियतासँगै मुस्लिम र पश्चिमेलीहरू सशंकित हुन पुगेका छन् । योगको अभ्यासले कतै आफ्नो धर्म नष्ट हुने त होइन भन्ने डर उनीहरूमा देखिन्छ ।

अमेरिकामा रहेकी एक मुस्लिम महिला फरिदा हमजाले योग शिक्षक बन्ने फैसला गरिन् र सोही अनुरुप उनी २/३ वर्षदेखि योग गरिरहेकी छिन् ।

उनले आफ्नो परिवार र साथीहरूलार्इ आफ्नो योग कक्षाको बारेमा बताउँदा उनीहरूको प्रतिक्रिया सकारात्मक थिएन ।

योगबारे संदेह

संसारभरिका मुस्लिम, इसार्इ एवं यहुदीहरू योगप्रति संदेह व्यक्त गर्दछन् । उनीहरू योगलार्इ हिन्दू अथवा बौद्ध धर्मसँग जोडिएको एक प्राचीन आध्यात्मिक साधनाको रुपमा लिने गर्दछन् । त्यसैले त सन् २०१२ मा बेलायतमा एउटा योग कक्षालार्इ प्रतिबन्ध लगाइएको थियो ।

पादरी जोन शैंडलर भन्छन्, “योग एक हिन्दू आध्यात्मिक साधना हो । एक क्याथोलिक चर्च भएको नाताले हामीले येशुको उपदेशलार्इ प्रचारप्रसार गर्नुपर्छ ।”

‘योगा लण्डन’की सह-संस्थापक रेबेका फ्रेन्च योग एक व्यापक शब्द भएकोले कठिनार्इ भएको बताउँछन् ।

शारीरिक एवं मानसिक शान्ति

पश्चिमी देशहरूमा गरिने र भनिने योग केवल हठ योग मात्र भएको पूर्वीय देशका मानिसहरू मान्दछन् । कतिपय योगको विधिविधान शारीरिक र मानसिक शक्ति बढाउन मात्र नभर्इ चेतना बढाउने कार्यसँग सम्बन्धित छ जुन परम्परामा पनि निर्भर रहन्छ ।

कतिपय हिन्दूहरू योगको माध्यमबाट प्रकृति र आफ्नो वास्तविक स्थितिको बारेमा थाहा पाउन सकिने बताउँछन्  भने कतिपयले यसलार्इ जन्म-मृत्युको बन्धनबाट छुटकारा दिलाउने साधन मान्दछन् । तर इशार्इ वा मुस्लिम समाजमा यसलार्इ कसरी लिन्छन् भन्ने कुरा बहसको विषय हुनसक्छ ।

सूर्यको अराधना

योगशास्त्र अनुसार गरिने सूर्य नमस्कार शारीरिक क्रियासँग सम्बन्धित एक योगासन हो, तर यसलार्इ हिन्दू देवता सूर्यको आराधनासँग जोडेर पनि हेरिन्छ ।

रेबेका फ्रेन्च भन्छिन्, “यो थोरै धार्मिक छ तर तपाइँको हेराइमा निर्भर रहन्छ । घुँडा टेक्नुको मतलब प्रार्थना गरेको बुझ्न पनि सकिन्छ भने सिर्फ झुकिरहेको पनि सोच्न सकिन्छ ।

एउटा हिन्दू मन्दिरमा योग सिक्न जाँदा फरिदा हमजाको मनमा योगको बारेमा सवाल थियो । उनले आफूले कुनै धार्मिक कर्मकाण्डमा सामेल हुन नचाहेको बताइन् भने मन्दिरका योग गुरुले उनको भावनाको सम्मान गरे ।

योग कक्षाको अन्त्य प्रायः नमस्तेको अभिवादनको रुपमा गरिन्छ भने कहिलेकाहीं ॐ मन्त्रको जप गरेर पनि गरिन्छ । र्इरानमा पनि योग लोकप्रिय छ तर यसलार्इ केवल एक खेलको रुपमा लिइन्छ ।

‘ओपनिंग सीक्वेंस’

 मलेसियामा आध्यात्मिक योगमाथि प्रतिबन्ध लगाइएको छ भने अमेरिकामा योगलार्इ नयाँ स्वरूप दिइएको छ । कतिपय योगको

नाम परिवर्तन गरिएको छ । केही स्कुलमा पद्म आसनलार्इ ‘क्रिस-क्रस एपल सस’ नाम राखिएको छ भने सूर्य नमस्कार योगको नाम  ‘ओपनिंग सीक्वेंस’मा बदलेका छन् ।

गैह्र-धार्मिक

सन् २०१३ मा सान डियगो काउंटी कोर्टले दिएको फैसला अनुसार योग धर्मसँग जोडिएको भए पनि यसलार्इ संशोधित रुप दिएर स्कुलहरूमा शिक्षा दिनुपर्ने बताएको थियो ।

ईसाई संगठन नेशनल सेंटर फर ल एंड पोलिसीका अध्यक्ष डिन ब्रयल्स भन्छन्, पश्चिममा कतिपयले योगलार्इ गैह्र-धार्मिक यसकारणले मान्छन् कि यसले तर्क शक्ति बढाउँछ ।

योगको अभ्यास

जब अरु धर्मसँग टकराव आउने सम्भावना रहन्छ, तब अमेरिकीहरू योगको क्रियाकलापलार्इ सजिलै फेरबदल गरिदिन्छन् ।

एक र्इरानी योग शिक्षकले बिबिसीलार्इ बताए अनुसार उनका शिष्यहरू योग गरेपछि प्रार्थनाको लागि एकाग्रता महसुस गर्दछन् ।

मुस्लिमहरू जुन तरिकाले प्रार्थना गर्दछन् त्यो योगसँग सम्बन्धित छ, तर उनीहरू इस्लाममाथि योगको असर परेको स्वीकार गर्न तयार छैनन् ।

-बिबिसीको सहयोगमा