Breaking News

निर्वाचन विरोधी कार्यक्रम गरेको भन्दै विप्लव नेतृत्व नेकपाका दुई कार्यकर्ता पक्राउ

पुरुषेत्तम गिरी / सल्यान वैशाख २१ । स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ कार्यकर्ता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागचौर नगरपालिकाका टोप बहादुर डाँगी र दार्मा गाँउपालिका –३ का मोहन केसी रहेका छन् । बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन विरोधी प्रचार प्रसार गरी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपि श्याम बहादुर खत्रीले जानकारी दिए । यता नेपाल कम्युनिष्ट पार्टीले घटनाको भर्त्सना गरेको छ ।

नेकपाका जिल्ला सेक्रेटरी लोकपाल केसीले सरकारले नांग्लो ठटाएर हात्ति तर्साउने शैलीमा नेकपाका कार्यकर्ता तर्साएको आरोप लगाए । नेकपाको तर्फबाट विज्ञप्ति जारी गर्दै केसीले पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

shares