आईपिएल अन्तर्गत आज दिल्ली र गुजरात भिड्दै

काठमाण्डौ, २१ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आजको खेलमा दिल्ली डेयरडेभिल्स र गुजरात लायन्स भिड्दैछन् ।

दिल्लीको फिरोज शाह कोट्लामा राति ८ः१५ मा सुरु हुने खेलमा छैटौं स्थानमा रहेको दिल्ली र सातौं स्थानमा रहेको गुजरातबीच प्रतिस्पर्धा हुन लागेको हो । दिल्ली करुण नायरको कप्तानीमा खेल्नेछ भने गुजरातको कप्तानी सुरेश रैनाले गर्नेछन् ।

९ खेल खेलेको दिल्लीको र १० खेल खेलेको गुजरातको समान ६–६ अङ्क रहेको छ । आजको खेल जित्दै दिल्ली उपाधि होडका लागि सुरक्षित रहन चाहन्छ ।