October 24, 2017

मेराे योजनामा राजधानीबासीले साथ दिन्छन्ः विद्यासुन्दर शाक्य

भक्तपुर २१ वैशाख । काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले काठमाण्डौ महानगरपालिकाको समृद्धिका लागि आफूले बनाएका सबै योजनामा राजधानीबासीले सहयोग र साथ दिने बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महानगरपालिकाको यातायात व्यवस्थापन, ढल निकास, स्मार्ट पार्किङ निर्माण, मेट्रो सिटी, मोनो रेल र खानेपानी तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त डम्पिङसाईडको स्थापना गर्ने लगायतका योजना अघि सारेको बताए । उनले काठमाण्डौलाई अन्य विदेशी शहरको नामबाट नभई काठमाण्डौंकै नामबाट विश्वभर चिनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

आगामी ३१ मा हुने स्थानीय निकायको निर्वाचनमा काठमाण्डौ महानगरपालिकामा एमालेको जीत निश्चित भएको दाबी गर्दै उनले यसका लागि विभिन्न खालका अभियान चलिरहेको जानकारी दिएका छन् ।