August 19, 2017

सरकारकै कारण निर्वाचनका विषयमा जनताले आशंका गरेको एमाले नेता नेपालको आरोप

काठमाण्डौ, २१ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारकै कारण निर्वाचनका बिषयमा जनताले आशंका गरेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाका काठमाण्डौको नयाँं नेतृत्वको पदस्थापन तथा पुरानाको बिदाई कार्यक्रममा ओलीले सरकारले एकलौटी ढंगले अघि बढेको र प्रतिपक्षीलाई विश्वासमा लिन नसकेका कारण निर्वाचनमा जनताको आशंका बढेको बताए ।

उनले यस पटकको स्थानीय निर्वाचनमा मधेशी मोर्चाका एक घटकले भाग लिएको भन्दै यसले सकारात्मक सन्देश दिएको उल्लेख गरे ।

केही महिना पहिला गौरमा आयोजित एमालेको सभामा दर्जनौं गाडी तोडफोड भएको भए पनि त्यसलाई पनि बिर्सेर पछिल्लो राम्रो काम सम्झने नेपालले बताए । पछिल्लो राम्रो काम भनेको स्थानीय निर्वाचनमा मोर्चाको सहभागिता भएको उनको भनाई छ ।

कार्यक्रममा महासंघ जिल्ला शाखाका काठमाण्डौका पुराना पदाधिकारीलाई बिदाई र नयाँ पदाधिकारीलाई स्वागत गरिएको थियो ।