August 17, 2017

महाअभियोग फिर्ता लिन दबाब स्वरुप हस्ताक्षर संकलन अभियान सुरु

काठमाण्डौ, महाअभियोग प्रस्ताव अविलम्व फिर्ता माग गर्दे उच्च अदालत वार एशोसिएसन, पाटनले बिहीबारदेखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर न्यायपालिकामाथि नै हस्पक्षेप गरेको भन्दै उच्च अदालत वार एशोसिएसन, पाटनले हस्ताक्षर अभियान सुरु गरेको हो । वार एशोसिएसनको भवन रामशाहपथबाट सुरु गरिएको हस्ताक्षर अभियानमा अधिकांश कानून व्यासायी, वारका पूर्वअधिकारी, न्यायाधीश लगायतले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर संकलन कार्यक्रममा बार एशोसियसनका उपाध्यक्ष उषा मल्ल पाठकले न्यायपालिका माथिको हस्तक्षेप कदापी स्वीकार्य नहुने भन्दै यसका विरुद्ध कडा आवाज उठाउने बताए ।

त्यस्तै बारका पदाधिकारीहरुले तत्काल प्रधानन्यायाधीशमाथिको महाअभियोग फिर्ता लिई स्वतन्त्र न्यायपालिकालाई कायम राख्नुपर्नेमा जोड दिएका थिए ।