फिफा वारियतामा नेपाल ३ स्थान तल झर्दै १ सय ७३ औं स्थानमा

निलम/ काठमाण्डौ, २१ वैशाख । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको मे महिनाको नयाँ वरियतामा नेपाल ३ स्थान तल झर्दै १ सय ७३ औं स्थानमा पुगेको छ ।

कुल १ सय १० अंक जोडेको नेपाल दक्षिण एसियामा भने पाँचौं स्थानमा रहेको छ । गत मार्चमा एसियन कप क्वालिफायर्स अन्तर्गत फिलिपिन्ससँग खेलेयता नेपाली राष्ट्रिय टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । एक स्थान सुधार गरेको भारत एक १०० औं स्थानमा रहँदै दक्षिण एसियामा पहिलो भएको छ ।

त्यस्तै, क्रमश माल्दिभ्स १ सय ५२, अफगानिस्तान १ सय ५४ र भुटान १ सय ६३ औं स्थानमा रहँदै नेपाल भन्दा अगाडि छन् । त्यस्तै, बंगलादेश, श्रीलंका र पाकिस्तान भने यथास्थानमा रहँदै नेपाल भन्दा तल छन् ।

विश्व वरियतामा कुल १६ सय ७२ अंकका साथ ब्राजिल पहिलो स्थानमा यथावतै छ । त्यस्तै अर्जेन्टिना दोस्रो, जर्मनी तेस्रो, चिली चौथो र कोलम्बिया पाँचौं स्थानमा रहेको छ ।