समसामायिक विषय बारे माओवादी केन्द्र र एमालेबीच छलफल

काठमाण्डौ, २१ वैशाख । जेठ ३१ को चुनाव मिति सार्ने बिषयमा माओवादी केन्द्र र एमालेबीच गम्भीर छलफल भएको छ ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा महाभियोग प्रस्ताव, बजेट र जेठ ३१ को चुनाव मितिबारे केन्द्रीत रहेको बताइएको छ ।

बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन पनि आग्रह गरेका थिए । उनले संविधान संशोधनको सबालमा भोटिङमा जानुपर्ने भन्दै सरकार नै भागिरहेको आरोप समेत लगाए । त्यस्तै बैठकमा सहभागी माओवादी नेता नारायणकाजी श्रेष्ठले बजेट र जेठ ३१ गतेको चुनावलाई कसरी गर्ने भन्ने विषयमा सकारात्मक छलफल भएको बताए ।

उक्त बैठकमा दाहाल र ‌ओलीसहित नारायणकाजी श्रेष्ठ र सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए ।