November 20, 2017

दमननाथ ढुङ्गानाले नेमकिपासंग गुहार मागे

भक्तपुर, २९ कार्तिक । नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ का  प्रतिनिधिसभा उम्मेदवार दमननाथ ढुङ्गानाले नेपाल मजदुर किसान पार्टीसंग आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सके आफ्ना पार्टीका उम्मेदवारीलाई जिताउनु, नसके अाफूलाई सहयोग गर्न आग्रह गरे । नीतिगत रुपमा तटस्थ बसे पनि उम्मेदवारीको रुपमा तटस्थ नबस्न समेत उनले नेमकिपालाई आग्रह गरे ।

सञ्चार माध्यमबाट नै अाफूलार्इ सहयोग गर्न ढुङ्गानाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई आग्रह गरे । निर्वाचन खर्च दैनिक महङ्गो हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसकिने अवस्थामा पुगेको बताए ।

नेपाली कांग्रेस भक्तपुर १ नं. निर्वाचन क्षेत्रका उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगर र चाँगुलाई साँस्कृतिक क्षेत्र र नगरकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफ्नो उम्मेदवार भएको दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (क) का उम्मेदवार जीवन खत्री, (ख) का उम्मेदवार अनिल भुजु, निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार गणेशमान चक्रधरले लोकतन्त्र रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् ।