November 20, 2017

अष्ट्रेलियामा समलैंगिक विवाहको पक्षमा कानुन बन्दै

अष्ट्रेलिया, २९ कार्तिक । एउटा ऐतिहासिक मतदानमार्फत् अष्ट्रेलियन जनताले उत्साहपूर्वक समलैंगिक विवाहको पक्षमा मतदान गरेका छन् ।

स्वेच्छिक भनिएको हुलाकको माध्यमबाट गरिएको उक्त मतदानमा ६१.६ प्रतिशत जनताले एउटै लिंगका मानिसहरूबीचको विवाहलार्इ अनुमति दिनुपर्ने भनी मत जाहेर गरेको कुरा अष्ट्रेलियन तथ्यांक विभागले जनाएको छ ।

पक्षमा बहुमत देखिएपछि समर्थकहरू इन्द्रेणी झण्डाहरूसहित नाचगान गर्दै सार्वजनिक स्थलहरूमा भेला भएका छन् । कानुन परिवर्तन गर्ने विषयमा लामो समयदेखि विवाद रहेको उक्त मुद्दाको छिनोफानो हुलाकी मतदानमार्फत् गर्ने निर्णय भएको थियो ।

प्रधानमन्त्री माल्कोम टर्नबुलले सो विषयक मस्यौदा संसदले क्रिसमसभित्र पारित गर्ने बताएका छन् ।