November 20, 2017

सलमान खानलार्इ आइलाग्यो अर्को आपत

नयाँ दिल्ली, २९ कार्तिक । बलिउड स्टार सलमान खानलार्इ फेरि एउटा आपत आइलागेको छ । सलमानलार्इ सन २००२ को हिट एंड रनको मुद्दामा महाराष्ट्र सरकारले गरेको अपिल अनुसार भारतीय सर्वाेच्च अदालतले १२ हप्तापछि निर्णायक फैसला सुनाउने भएकोछ।

उनी निर्दोष सावित हुन्छन् वा सँजायको भागीदार हुन्छन् भन्ने आम चासोको विषय रहेको छ । बम्बर्इ उच्च अदालतले सलमान खानलार्इ दोषमुक्तकाे फैसला सुनाएको थियो । तर महाराष्ट्र सरकारले उक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।

सन् २००२ मा मुम्बर्इको बांद्रामा भएको सो दुर्घटनामा एक जना मारिएको थियो भने ४ जना घाइते भएका थिए । सोही मुद्दामा सलमानलार्इ ट्रायल अदालतले ५ वर्षको जेल सजाय सुनाएकोमा पछि प्रमाणका आधारमा उनलार्इ रिहा गरिएको थियो ।