एमाले अध्यक्ष अाेली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाण्डौ २१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न सबैदल एक भएर अघि बढ्ने बताएका छन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार नेपालका लागि चिनियाँ राजदूत यु हङसंगको भेटवार्तामा ओलीले समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । भेटवार्तामा राजदूत हङले स्थानीय तहको निर्वाचन र संविधान संशोधनका विषयमा अध्यक्ष ओलीसँग जिज्ञासा जिज्ञाशा राखेकाे बताइएकाे छ।

भेटमा पछिल्लो राजनीतिक बिषय तथा दुई देशबीचको सम्बन्धका बिषयमा पनि छलफल भएको उपनेता नेम्वाङले बताए ।