October 19, 2017

धनगढीमा जारी डिपीएलमा सीवाइसी अत्तरिया ४० रनले विजयी

काठमाण्डौ, १ वैशाख । शुक्रबार भएको लिगको दशौं खेलमा सीवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले टिम चौराहा धनगढीलाई ४० रनले हराएकाे हाे ।

धनगढीले १४३ रनको चुनौती पछ्याउनेक्रममा ९ विकेटको क्षतिमा १०२ रनमात्र बनाउन सक्यो । ३९ रन बनाउँदा ८ विकेट गुमाइसकेको धनगढीका लागि रामनरेश गिरीले २० बलमा ३९ तथा सौरभ खनालले ३१ बलमा अविजित २३ रन बनाए ।

एपेन्डिक्सको शल्यक्रियापछि यसै लिगबाट पुनरागमन गरेका राष्ट्रिय टिमका कप्तान पारस खड्का यो खेलमा पारस ‘डकआउट’ भए । अरु चार खेलाडी पनि रनविहीन भए । मेहबुब आलम र सुरेन्द्र चन्दले ३–३ तथा विनोद लामाले २ विकेट लिए ।

यसअघि अत्तरियाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । रोशन नेपालीले  ३२ तथा योगेन्द्रसिंह कार्कीले ११ बलमा अविजित रहँदै २७ रन जोडे ।