Breaking News

सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न प्रधानमन्त्रीको निर्देशन

सुशील ढुङ्गाना/ कैलाली, २९ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० गते र २१ गते हुने प्रदेशसभार र प्रतिनिधी सभावको निर्वाचनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् ।

आज कैलालीको धनगढीमा आयोजित ७ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा बोल्दै प्रधानमन्त्री देउवाले अहिले देशका विभिन्न स्थानहरुमा उम्मेदवार तथा चुनाव प्रचारप्रसार कार्यक्रमलाई लक्षित गर्दै भैरहेका आक्रमणका घटना नियन्त्रण गर्न तथा आगामी दिनमा यस्ता कार्य हुन नदिन चनाखो भएर काम गर्न समेत तीन ओटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन समेत दिए ।

साथै आम मतदाताहरुको मताधिकारलाई ध्यानमा राख्दै स्वतन्त्र, शान्त तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बांकी नराख्ने पनि उनले बताए।

निर्वाचनलाई स्वतन्त्र, शान्त र भयरहित बनाउन सम्पूर्ण राजनैतिकब दल, सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी निकायआदी संग समन्वय गरेर काम रहेको पनि उहा“ले बताउनुभयो । साथै चुनाव विरोधी कार्यमा संलग्न जोकोहीलाई पनि कडा रुपमा कानूनी दायरामा ल्याउन समेत प्रधान मन्त्री देउवाले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले आज धनगढीमा आयोजित ७ नम्बर प्रदेश स्तरीय प्रदेशसभा र प्रतिनिधीसभ निर्वाचन सुरक्षा रणनिति गोष्टीको उद्घाटन समेत गर्नुभयो । सुरक्षा गोष्ठिमा ७ नम्बर प्रदेशका तीन ओटै सुरक्षा निमायका प्रमुख तथा प्रतिनिधी, क्षेत्रीय प्रशासक लगायतको सहभागिता रहेको छ ।

shares