November 20, 2017

नयाँ शक्ति पार्टीकाे ७ नम्बर प्रदेश इन्चार्ज भीमबहादुर कडायत सहित सयाैं नेता कार्यकर्ता एमालेमा

काठमाण्डौ २९ कार्तिक । नयाँ शक्ति पार्टी नेपालका नेता तथा प्रदेश नम्बर ७ का इन्चार्ज भीमबहादुर कडायत नेतृत्वकाे नयाँ शक्ति पार्टीकाे एक समूह नेकपा एमालेमा समायोजन भएकाे छ ।

भक्तपुरकाे लोकन्थलिमा मंगलबार अायोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र भिमबहादुर कडायत नेतृत्वकाे नयाँ शक्ति पार्टी नेपाल बाम ध्रुविकरण केन्द्रिय संयोजन समितिबीच समायोजन भएकाे छ । संयोजन समितिमा कडायतकाे नेतृत्वमा नयाँ शक्तिका विभिन्न जिम्मेवारीमा रहेका सयाै नेता तथा कार्यकर्ताहरु थिए अब ती सबै नेकपा एमालेमा अावद्द भएका छन  ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बाम गठबन्धन छाडेर कांग्रेस नेतृत्वकाे लोकतान्त्रिक गठबन्धनसंग सहकार्य गरेपछि असन्तृष्ट रहेका कडायतले नयाँ शक्ति पार्टी नेपाल बाम ध्रुविकरण केन्द्रिय संयोजन समिति गठन गरेका थिए ।

पूर्व मन्त्री समेत रहेका भीमबहादुर कडायत सुदुरपश्चिमकाे कम्यूनिष्ट अान्दोलनमा चर्चित नाम हो । तत्कालिन नेकपा माले र पछि नेकपा एमालेकाे संगठनलाई सुदुरपश्चिममा बिस्तार गर्ने प्रमुख नेताहरुमध्ये भीमबहादुर कडायतकाे नाम अग्रपंतिमा अाउँछ ।