November 19, 2017

यस्ता छन् चियाका पाँच बेफाइदाहरू

धेरै चिया पिउनाले क्यान्सर जस्तो गम्भीर रोग लाग्ने सम्भावना हुने कुरा ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा अध्ययन प्रतिवेदनले देखाएको छ ।

यस बाहेक पनि चिया बढी पिउनाले स्वास्थ्यमा कैयौं नोक्सान पुर्याउन सक्छ । त्यसकारण चिकित्सकहरू सकेसम्म चिया नपिउन र पिउनु परेमा पनि दिनमा तीन कपभन्दा बढी चिया नपिउन सल्लाह दिन्छन् । हामी तपाइँलार्इ चिया पिउँदाको पाँच बेफाइदाहरूको बारेमा यहाँ चर्चा गर्नेछौं ।

चिया बनाउँदा यी कुराहरूमा ध्यान पुर्याउनुहोस् :-

  • चियापत्ती, दुध र चिनी सँगसँगै उमालेर चिया नबनाउनुहोस् । पहिले पानी उमाल्नुहोस् , त्यसपछि मात्र चियापत्ती राख्नुहोस् । दुधलार्इ अन्तिममा मात्र मिलाउनुहोस् ।
  • चिया पकाउने पानी एकचोटी मात्र उमाल्दा पुग्छ । तीन मिनेटभन्दा बढी चिया उमाल्नुभयो भने पानीमा भएको अक्सिजन कम हुन जान्छ र चियाको स्वाद पनि बिग्रन्छ ।
  • चियापत्तीलार्इ जहिले पनि पानी उम्लिएपछि मात्र हाल्नुहोस् जसले गर्दा चियाको रंग तथा स्वाद दुवै राम्रो रहन्छ ।
  • आधा घण्टाभन्दा बढी राखेको चिया नपिउनुहोस् । यसले अपच हुनसक्छ ।

चिया पिउनाले बच्चाको स्वास्थ्यमा कस्तो असर पर्दछ ?

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको रिसर्च अनुसार चिया पिउँदा बच्चाको शरीरमा नकारात्मक असर पर्दछ ।

  • चियामा भएको क्याफिनले ब्रेन पावर घटाउँछ ।
  • गुलियो हुने भएकोले धेरै चिया पिउँदा बच्चाको दाँत खराब हुन्छ ।
  • चियाले गर्दा शरीरले क्याल्सियम पूर्ण रुपमा ग्रहण गर्न सक्दैन र बच्चाको हाड कमजोर हुन पुग्छ ।
  • चियामा भएको क्याफिनको कारण बच्चालार्इ खानेकुरा पचाउन गाह्रो भर्इ समस्या बढ्न जान्छ ।

चियाको प्रमुख पाँच बेफाइदाहरू:-

  • ज्यादा तातो चिया पिउनाले मुख र पेटबीचको नलीलार्इ चोट पुर्याउँछ । जसले क्यान्सरको संभावना बढाउँछ ।
  • चियामा फ्लोराइड हुने हुनाले हड्डीलार्इ कमजोर बनाउँछ ।
  • ज्यादा चिया पिउनाले पिसाव धेरै लाग्दछ जसले गर्दा पोटासियम, सोडियम जस्ता मिनरल्सहरू पिसावसँगै बाहिरिन्छ र शरीरमा कमजोरी बढ्दछ ।
  • चियामा ट्यानिन तथा टायलिन पाइन्छ । यसले पाचनप्रणालीमा गडबडी ल्यार्इ पेटको समस्यालार्इ बढाउँछ । ग्याँस्ट्रिकको समस्या यसैको असर हो ।
  • चियामा क्याफिन नामक तत्व पनि हुन्छ जसले टाउको दुख्ने तथा थकानको महसूस पनि गराउँछ ।