November 19, 2017

याैन जीवन सुखमय बनाउने यस्ता छन उपाए

श्रीमान् वा श्रीमती मध्ये कुनै एक जनामा मात्र यस्तो समस्या देखिए पनि निजी सम्बन्ध अर्थात् यौन जीवनमा बाधा आर्इ पुरै पारिवारिक सुख र शान्ति ध्वस्त हुन जान्छ । मानिसको यौन जीवनमा तनाव आएमा पारिवारिक खुशी हराएर जान्छ । तसर्थ समयमै सचेत नहुने हो भने जिन्दगीभर पछुताउनु पर्ने हुन्छ ।

त्यो जघन्य रोग अरु नभएर सुगर अर्थात् डायबिटीज हो । डायबिटीज र सेक्स लाइफको सम्बन्धलार्इ लिएर धेरै चर्चित डाक्टरहरूले राय दिएका छन् । ख्यातिप्राप्त भारतीय प्रोफेसर डाक्टर अनिल भन्सालीले डायबिटीजले कसरी पारिवारिक सम्बन्धमा असर गर्छ भनेर प्रष्ट पारेका छन् ।

उनले बताए अनुसार अनियन्त्रित डायबिटीजले ७० प्रतिशत पुरुषको यौन इच्छा मरेर जान्छ । करीब ५० प्रतिशत मानिसको इन्द्रियहरू निष्कृय हुन्छ । डायबिटीज बढ्नाले सन्तान उत्पादन क्षमतामा ह्रास आउँछ । ५० प्रतिशत महिलामा सेक्स इच्छा हराउँछ ।

पितालार्इ मधुमेह छ भने ५० प्रतिशत र आमाबुबा दुवैमा डायबिटीज भएको खण्डमा बच्चामा ९० प्रतिशत डायबिटीज हुने सम्भावना रहने बताइएको छ । यति हुँदाहुँदै पनि यदि आफ्नो लाइफस्टाइल तथा खानपानमा विशेष ध्यान दिन सकेको खण्डमा यसलार्इ सजिलै रोक्न सकिन्छ । नियमित शारीरिक अभ्यास र उपयुक्त खानपानको माध्यमबाट तौलको नियन्त्रण गरी डायबिटीजको सम्भावित खतराबाट बच्न सकिन्छ ।