जानी राख्नुहोस् पुदिनाको पाँच अद्भूत फाइदाहरूको बारेमा

भनिन्छ- बाडुली लागेमा पुदिना खानुपर्छ । पुदिना खाँदा बाडुल्की रोकिन्छ । पुदिनाको महत्व यति मात्र नभएर अरु धेरै छन् । के छन् त पुदिनाको फाइदाहरू ?

– पुदिनामा फाइबर पाइन्छ जुन कोलेस्ट्रल लेभल कम गर्न सहयोगी हुन्छ । यसमा पाइने म्याग्नेसियमले हड्डीलार्इ तागत दिनुको साथै बलियो बनाउँछ ।

– ताजा हरियो पुदिना पिनेर अनुहारमा बीस मिनेटसम्म लगाएर राख्नुहोस् । त्यसपछि चिसो पानीले धुनुहोस् । यसले छालाको गर्मीलार्इ भगार्इ शीतल गराउँछ ।

–  पुदिनाले शरीरमा जमेको अतिरिक्त बोसोलार्इ कम गराउँछ । अतः नियमित पुदिना खार्इ तौल घटाउन सकिन्छ ।

– पुदिनामा एन्टी-ब्याक्टेरियल तथा एन्टी-इंफ्लेमेटरी गुण हुन्छ । पुदिनाको पातलार्इ लेप बनाएर घाउ-खटिरामा लगाउनुभयो भने छिट्टै निको हुन्छ ।

– पुदिनासँग ४/५ दाना कालो मरिच चिया जसरी उमालेर दैनिक तीन पटक पिउनाले रुघा, खोकी लगायत साधारण ज्वरोलार्इ निको पार्दछ ।