August 23, 2017

गृहमन्त्री बिमलेन्द्र निधीको राजीनामा अस्वीकृत

काठमाण्डौ २१ बैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।
निधि पुनः उपप्रधान तथा गृहमन्त्रीमा फर्किन तयार भएपछि राजीनामा अस्वीकृत भएको हो । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र निधिबीच छलफल भएपछि निधि पुनः सोही पदमा फर्किन तयार हुन । यस विषयमा हिजो कांग्रेस सभापति देउवा र निधिबीच पार्टी कार्यालय सानेपामा लामो छलफल भएको थियो । प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाअभियोग दर्ता भएपछि असन्तुष्टि जनाउँदै निधिले राजीनामा दिएका थिए।