November 20, 2017

श्री श्री रविशंकरकाे बिराेध गरे पछि सोनम कपुर चर्चामा

मुम्बर्इ, २८ कार्तिक । बलिउड अभिनेत्री सोनम कपुर अहिले आध्यात्मिक गुरु श्री श्री रविशंकरको लैंगिकता बारेको बयान आपत्तिजनक भएको भनी सामाजिक संजालमा गरेको टिप्पणीका कारण चर्चामा छिन् ।

सोनम खुलेर आफ्नो विचार राख्ने नायिकामा गनिन्छिन् । सोसल मिडियाको सहारा लिंदै सोनमले गरेको उक्त टिप्पणीले थप प्रतिक्रियाहरू प्राप्त गरिरहेको छ ।

आध्यात्मिक गुरु श्री श्री रविशंकरले  जवाहरलाल नेहरु विश्वविधालयकाे १३ अाैं मेमोरियल प्रवचनमा ‘होमोसेक्‍सुअलिटी’ अर्थात् समलैंगिकता एउटा प्रवृत्ति भएको बताउँदै  कतिपय मानिस शुरुवातमा साधारण भए पनि पछि समलिंगी भएको र कतिपय समलिंगीहरू पछि गएर साधारण मान्छेको रुपमा रुपान्तरित भएको आफूले देखेको दृष्टान्त दिएका थिए ।

रविशंकरको उक्त बयान मन नपरेपछि सोनमले ट्वीटरमार्फत् अभिव्यक्ति दिएकी थिइन् । तर सोसल मिडिया प्रयोगकर्ताहरूले उल्टै सोनमलार्इ गाली दिएका छन् ।

पब्लिकबाट धेरै लाइक मिलेकै कारण जे मन लाग्यो त्यही लेखेको भनी उनीमाथि आरोप लागेको छ । केहीले अल्पज्ञान खतरा हुने भनेका छन् भने केहीले ब्युटीसँग ब्रेन नहुने भनी जवाफी प्रतिक्रिया दिएका छन् । सोनमसँग सहमति जनाउँदै आलिया भाटले पनि अभिव्यक्ति दिएकी थिइन् ।