निर्वाचनकाे सबै तयारी पुरा : निर्वाचन अायोग

काठमाण्डौ २८ कार्तिक । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी आवश्यक सबै तयारी पुरा गरिसकेको जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले पहिलो चरणको निर्वाचन हुने स्थानमा मंसिर ७ गतेभित्र सबै सामाग्री पुराईसक्ने जानकारी दिए।

आयोगले मतदानका लागी प्रयोग हुने स्वस्तिक छाप , मसि , कमल , मतपेटिका , कपडा साथै निर्वाचन शिक्षाका लागी प्रयोग गरिने बिभिन्न प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री पनि जिल्ला पुराईसेकेको र केहि बाकि रहेका जिल्लामा आगामी मंसिर सात भित्रै पुराउने योजना गरेको प्रवक्ता ढकालले जानकारी दिए ।

त्यस्तै उनले निर्वाचनका लागी कर्मचारी पठाउने कार्यलाई पनि आयोगले अन्तिम रुप दिएको भन्दै कार्तिक ३० गतेदेखि नै कर्मचारी सदरमुकामबाट हिड्ने जानकारी दिए।

उनले दोश्रो चरणको निर्वाचनको हकमा मतपत्र छाप्ने कार्यपनि जारी रहेको भन्दै मतपत्र सामाग्रीहरु ढुवानी भईरहेको बताए । मंसिर १० गतेभित्रै दोश्रो चरणको निर्वाचन हुने स्थानमा सामाग्री पुर्याउने आयोगले जनाएको छ ।