November 19, 2017

‘गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड २०१७’ प्रकृती ढकाललाई प्रदान गरिने

काठमाण्डौ २८ कार्तिक । बर्ष २०१७ कालागि ‘गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड’ त्रिभुवन विश्वविधालय अन्तर्गत पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी प्रकृति ढकाललाई प्रदान गरिने भएकाे छ ।

ट्रस्टका उपाध्यक्ष हरिहर गुरागाई ( क्यानडा ) , डा. भवानी चम्लागाई ( फिनल्यान्ड ), नवराज दाहाल ( नेपाल ) र अमुल घिमिरे ( नेपाल) रहेको खाध्य बैज्ञानिकहरुको मूल्याकंन टोलीले ट्रस्टको मापदण्ड अनुसार प्राप्त निवेदनहरुबाट  प्रकृती ढकालकाे नाम छानेका थिए ।

यो एवार्ड देशभरका खाध प्रबिधीमा स्नातक उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक बर्ष प्रदान गरिन्छ । विगत ६ बर्ष देखी दिइदै आएको यो पुरस्कारले नेपालका विश्वविधालयमा खाध प्रविधीमा अध्ययनरत विद्यार्थीहरुलाई हौसला मिलिरहेको ट्रष्टका अध्यक्ष हिक्मत थापाकाे भनाई छ ।