November 20, 2017

इरान- इराकमा गएको शक्तिशाली भुकम्पमा मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

तेहरान २८ कार्तिक । इरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ सय नाघेको छ ।

७ दशमलव ३ रेक्टर स्केल मापन गरिएको भूकम्पका कारण ७ हजार भन्दा बढी घाइते भएका छन । ठूला ठूला भत्किएका भवन भित्र अझैपनि थुप्रै मानिस च्यापिएको हुनसक्ने अनुमान गरिएको छ । मृतक र घाइतेहरु भेटिनेक्रम जारी छ ।

इरान र इराक दुवै मुलुकमा तीव्र गतिमा उद्दार भैरहेको छ । भूकम्पबाट सबैभन्दा बढी क्षति यरानको सरपोल जहाब र केरमनसाह क्ष्ँेत्रमा भएको छ । धेरेजसो अस्पतालमा पनि क्ष्ँति पुगेकाले उपचारमा कठिनाइ भएको छ ।

उपचारमा संलग्न एक समाजिक संस्थाका अनुसार तत्काल ७० हजार सर्वसाधारणलाई तत्काल अस्थाइ बसोबासको बन्दोबस्त मिलाउन जरुरी छ । भूकम्पपछि संयुक्त राष्ट्रसंघले बिज्ञप्ती जारी गर्दै सो क्षेत्रमा सहयोगका लागि अपील जारी गरेको छ ।