November 20, 2017

रोहिंग्या संकटमा म्यानमार सेनाकाे यस्तो अायो खण्डन

म्यानमार  २८ कार्तिक ।  म्यानमार सेनाले रोहिंग्या संकटमा आफू दोषी नरहेको भन्दै सबै आरोपहरुको खण्डन गरेको छ ।

आन्तरिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै म्यानमार सेनाले रोहिंग्या मुस्लिम समुदायका सर्वसाधारको हत्या, बलात्कार, घर आगजनी तथा लुटपाटमा संलग्न रहेको भन्ने आरोपको खण्डन गरेको हो ।

समुदायलाई नै निमिट्यान्न पार्न खोजिएको भन्ने संयुक्त राष्ट्रसंघको आरोपलाई सेनाको यो प्रतिवेदनले गलत ठहर गरेको छ । सेनाले रोहिंग्याका हजारौं सर्वसाधारणसंग गरिएको सोधपुछलाई आधार मानेर सो प्रतिवेदन तयार पारेको जनाएको छ ।

सोही समुदायका अतिवादी लडाकुले त्रास फैलाएर रोहिंग्यलाई देश छोड्न बाध्य पारेको सेनाको आरोप छ । मानवअधिकारवादी संगठन एम्नेष्टि इन्टरनेशनलले भने सेनाको सो प्रतिवेदन आफनो काला करतुतलाई ढाक्ने प्रयास मात्रै भएको आरोप लगाएको छ ।