November 20, 2017

हार्दिक पटेलको महिलासंगको गोप्य भिडियो भाइरल (भिडियो)

अहमदाबाद (भारत ), २७ कार्तिक । पाटिदार आरक्षण आन्दोलनका चर्चित युवा नेता हार्दिक पटेलले एक महिलासँग होटलमा गोप्य रुपमा सम्बन्ध राखेको भिडियो भाइरल भएको छ । उक्त भिडियो युट्युबमा अपलोड गरिएको थियो ।

भिडियो सार्वजनिक भएपछि प्रतिक्रिया दिंदै हार्दिकले यस्तो कार्यले नारीको सम्मानमा ठेस पुग्ने बताए । उनले फोहोरी राजनीति शुरु भएको पनि बताए । उनले भिडियो बाहिर आउनुपूर्व नै सो बारेमा संकेत गरेका थिए ।

गुजरातमा आगामी डिसेम्बर ९ र १४ मा विधानसभाको चुनाव हुँदैछ । नतिजा हिमांचल प्रदेशसँगै १८ डिसेम्बरमा आउनेछ । यहाँ बिजेपी र काँग्रेसबीच प्रतिस्पर्धा हुँदैछ भने २२ वर्षदेखि बिजेपी सत्तामा रहँदै आएको छ ।

“अब मेरो पुत्ला जलाइन्छ किनकि गुजरात भाजपाको आदेश त्यस्तो आएको छ ” हार्दिकले भने । सत्ताको लागि उनीहरू महिलाको उपयोग गरी जासुसी, हत्या जस्तो काम गर्ने गरेको समेत आरोप लगाए ।

उनीहरूले यसलार्इ नयाँ मुद्दा बनाउने र महिलालार्इ धम्की दिने काम गर्ने पनि बताए । तर यस्ता कुराले उनलार्इ कुनै फरक नपर्ने बताएका छन् । आफू जनता र समाजको लागि निस्किएको र भाजपासँग लडिरहने पनि हार्दिकले बताए ।

उनले उक्त भिडियो बनाउने काम भाजपाले गरेको आरोप लगाउँदै आफ्नो गल्ती साबित भए कुनै पनि सभा सम्मेलनमा देखा नपर्ने पनि बताएका छन् ।