November 20, 2017

‘लिटिल मिस क्विन २०१७’ मा नेपालको प्रतिनिधित्व बिशेषता बुढाथोकीले गर्ने

काठमाण्डाैं, २७ कार्तिक । ‘लिटिल मिस क्विन २०१७’ मा नेपालको प्रतिनिधित्व गर्दै बिशेषता बुढाथोकी सहभागी हुने भएकी छिन् ।

राजधानीमा विभिन्न समयमा भएका बालबालिकाका प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिताका विजेताहरूलाई ई प्लानेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार ब्राजिलमा हुने ‘लिटिल मिस क्विन इन्टरनेशनल’ मा नेपालका तर्फबाट बालिकालाई सामेल गराउने औपचारिक अधिकार संस्थाले प्राप्त गरेको छ । सापकोटाले त्यहाँ हुने प्रतियोगितामा नेपालमा विजयी बिशेषता बुढाथोकीलाई सहभागी गराउन लागेको बताए ।


ब्राजिलको साउपाउलो स्थित होटेल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा आगामी ११ डिसेम्बरका दिन हुने ‘लिटिल मिस क्विन इन्टरनेशनल’ फाइनल स्पर्धाका लागि राजधानीमा सम्पन्न जुनियर व्याटल २०१७ तथा चाइल्ड आईकन २०१७ का उपाधी विजेता जोन डेवे स्कुलमा कक्षा पाँचमा अध्यायनरत १० बर्षिया बिशेषता बुढाथोकीलाई  पठाइन लागेको सापकोटाले जानकारी गराएका छन् ।

स्पर्धामा सहभागी हुन पिता होम बहादुर तथा माता नम्रताका साथ यही मंसिर १९ गते उनी ब्राजिल प्रस्थान गर्दैछिन् । प्रतियोगिता ६ डिसेम्बर देखि १२ सम्म चल्नेछ । मुख्य उपाधीसहित विभिन्न उप-उपाधीको विजेताको घोषणा ११ तारिखमा सम्पन्न हुने फाइनल राउण्डमा गरिनेछ ।