November 20, 2017

दुई जलविद्युत आयोजनाको वित्तीय व्यबस्थापन अवधी थप गर्ने निर्णय

काठमाण्डाैं, २७ कार्तिक ।  लगानी बोर्डले मुलुकका दुई महत्वपूर्ण जलविद्युत आयोजनाको वित्तीय ब्यवस्थापन गर्ने अवधी थप गरेको छ ।

प्रधानमन्त्री शेर वहादुर देउवाको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बोर्ड बैठकले बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्ने अवधी ६ महिना थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले अपर कर्णाली परियोजनाको पनि वित्तीय व्यवस्थापन गर्ने अवधी एक बर्ष थप गर्ने निर्णय गरेको लगानी बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेले जानकारी दिए ।वित्तीय व्यवस्थापन गर्ने अवधी थप भएसंग आर्थिक समस्याका कारण आयोजना पर धकेलिने समस्या नरहने उनले बताए ।

बैठकमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज गर्ने बिषय सरकारको भएकाले कुनै छलफल नै नभएको प्रवक्ता वाग्लेले जानकारी दिए ।