November 20, 2017

फेशन शोमा जम्यो दिपिका र शाहिदको जोडी

मुम्बर्इ, २७ कार्तिक । बलिउड नायिका दिपिका पादुकोण र अभिनेता शाहिद कपुर बहुप्रतीक्षित फिल्म ‘पद्मावती’ मा रोमान्स गर्दै गरेको हेर्न केही समय बाँकी रहेको बेला दुबै स्टार्स फिल्मको रिलिज हुनुभन्दा पहिले एउटा फेशन शोमा देखिएका छन् ।

आइतबार राती दिपिका आफ्नो को-स्टार शाहिद कपुरलार्इ साथ दिंदै जिक्यु फेशन नाइट्समा देखिएकी थिइन् ।

शाहिद कपुर र्याम्पमा खुब जमेका देखिन्थे भने दिपिका शोमा मुख्य आकर्षण बनिन् । छिटै संजय लिला भंसालीको फिल्म ‘पद्मावती’ मा महारानीको भूमिकामा देख्न पाइने दिपिकालार्इ फेशन शोमा डिजाइनर सब्यासाचीको इंडो-वेस्टर्न स्टाइल सारीमा खुब ग्ल्यामरस देखिएकी थिइन् ।

‘पद्मावती’ मा महारावल रतन सिंहको चरित्र निभाएका शाहिद आइतबार डिजाइनर गौरव गुप्ताद्वारा डिजाइन गरेको पहिरनमा देखिए । कालो पोशाकमा शाहिद खुब ह्यान्डसम देखिएका थिए ।

उक्त शोमा शाहिदबाहेक इरफान खान, विद्युत जामवाल, मंदिरा वेदी, किम शर्मा आदि  पनि सहभागी थिए ।

‘पद्मावती’ डिसेम्बर १ मा रिलिज हुँदैछ । भंसाली प्रोडक्सन्सको यस फिल्ममा रणवीर सिंह पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।