November 19, 2017

कंगोमा रेल दुर्घटना हुँदा ३४ जनाकाे मृत्यु, २६ जना घाइते

 काठमाण्डाै, २७ कार्तिक । दक्षिण पूर्वी कंगोमा रेल दुर्घटना हुँदा ३४ जनाको ज्यान गएको छ

। उक्त दुर्घटनामा परी  २६ जना घाइते भएका छन् । गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा दुर्घटना  भएको हाे । रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयौं कारलाई ठक्कर दिएकाे थियो ।

मारिनेमा  कारमा रहेका व्यक्ति पनि परेका छन् ।  दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको छ।