November 20, 2017

के गरिन्छ मुकेश अम्बानीको घरको फाहोरलार्इ ? बाहिरियो सनसनीपूर्ण खुलासा

नयाँ दिल्ली, २७ कार्तिक । चर्चित भारतीय उद्योगपति मुकेश अम्बानीको घरको फोहोर के गरिन्छ भनेर थाहा पाउनुभयो भने तपाइँ चकित पर्नुहुन्छ । युट्युव होस् वा फेसबुक, हाल सबैतिर यसै विषयलार्इ लिएर भाइरल भइरहेको छ । केही समय अघि मात्र पनि अम्बानीको ड्राइभरको तलबको खुलासा भएको थियो भने यस पटक अम्बानीको घर एन्टिलियाको एउटा खबर भाइरल भएको हो ।

मुकेश अम्बानीको घरको नाम भारतको सबैभन्दा ठूलो घरको रुपमा लिइन्छ । २७ तल्लाको उक्त घरमा ६०० नोकरहरू काम गर्दछन् । घरको रेखदेख र हरेक कुराको व्यवस्थित व्यवस्थापन गर्न नोकरहरूलार्इ जिम्मेवारी दिइएको छ । अहिलेको हाम्रो जिज्ञासा अम्बानीको घरबाट निस्कने फोहोरलार्इ के कसरी व्यवस्थापन गरिन्छ भन्ने हो । उनको घरबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गरिन्छ र सोही घरका लागि प्रयोग हुन्छ भन्ने थाहा पाउँदा जिल्ल नपर्नुहोस् ।

कसरी निकालिन्छ बिजुली ?

मुकेश अम्बानीको घरको फोहोर फालिंदैन, बरु त्यसको प्रयोग बिजुली निकाल्नमा गरिन्छ । सबैभन्दा पहिले सुख्खा र चिसो फोहोरलार्इ छुट्याइन्छ र उक्त फोहोरलार्इ एक विशेष सिस्टमबाट बिजुली निकाल्न प्रयोग गरिन्छ । उत्पादित विद्युत उनकै घरमा प्रयोग हुने पनि बताइएको छ ।

अम्बानीको  बारेमा अन्य महत्वपूर्ण तथ्यहरू

  • उनको घरमा १६८ वटा कारहरू पार्क गरेर राख्ने ठाउँ छ ।
  • घरको छतमा ३ वटा हेलिप्याड पनि छ ।
  • घरभित्रै स्वीमिंग पुल र स्पा रुम पनि छ ।
  • घरमा वातानुकुलित मेशिन एसी राख्न नपर्ने गरी स्वतः तापक्रम सन्तुलन गर्ने सिस्टम मिलाइएको छ ।
  • मुकेश अम्बानीको  व्यक्तिगत प्रयोगका लागि एउटा एयरबस र अरु २ वटा हवाइजहाजहरू  छन् ।
  • मुकेश अम्बानी आठ करोड पचास लाख पर्ने बिएमडब्लु  बुलेट प्रुफ कार चढ्छन् ।
  • फोब्स पत्रिकाको अनुसार उनको कुल सम्पति ४२.१ अर्ब डलर छ ।